२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘बैंकमा ठूलो निक्षेप भए पनि कर्जा प्रवाहमा गति सुस्त’ : संघ अध्यक्ष कोइराला

‘बैंकमा ठूलो निक्षेप भए पनि कर्जा प्रवाहमा गति सुस्त’ : संघ अध्यक्ष कोइराला

740
Shares

काठमाडौँ – नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले हाल नेपालको बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए तापनि कर्जा प्रवाह अपेक्षित गतिमा बढ्न नसकेको बताएका छन्।

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै अध्यक्ष कोइरालाले बैंकहरूसँग हाल करिब ७७ खर्ब रुपैयाँ निक्षेप रहेको जानकारी गराए। यसमध्ये करिब ५८ खर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरिएको उनले बताए।

कोइरालाले बैंकिङ क्षेत्रमा विभिन्न चुनौतीहरू रहेको उल्लेख गर्दै कर्जा असुलीका क्रममा कर्मचारीहरूले धम्की र दबाबको सामना गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।

संघले यस विषयमा सक्रिय भूमिका अपनाउनु आवश्यक रहेको उनको भनाइ थियो। उनले गलत सन्देश वा ऋण तिर्नु नपर्ने जस्ता दृष्टिकोण फैलिन थालेमा भविष्यमा नेपालको आर्थिक स्थायित्वमा नकारात्मक प्रभाव पर्न सक्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij