घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
काठमाडौं– खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको छ। केपिलासगढी गाउँपालिका २ को बालावेशीमा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा परेर एक जना घाइते भएका छन्।
मंगलबार दिउँसो १२ बजेर २ मिनेट जाँदा एयर डाइनेस्टीको नाइन एन एएचक्यु हेलिकप्टर दुर्घटनामा परेको हो।
पाइलट सविन थापा र पाँच जना यात्रु चढेको हेलिकप्टर अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोक्किएको खोटाङ प्रहरीले जानकारी दिएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij