२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

665
Shares

काठमाडौं – प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहन्छ ।

कथाअनुसार प्राचीन समयमा काठमाडौंको टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने ‘गुरुमापा’ नामक दुष्ट आत्मा (राक्षस) ले मानिसहरूलाई दुःख दिने, बालबालिकालाई तर्साउने र समाजमा आतंक फैलाउने गर्थ्यो। अन्ततः स्थानीयवासीहरूले उक्त आत्मालाई घोडाको टापले कुल्चाएर मारी टुँडिखेल क्षेत्रमा गाडेका थिए। त्यसपछि पनि त्यो आत्मा पुनः नउठोस् भनेर हरेक वर्ष घोडा कुदाएर त्यसको आत्मालाई दबाइराख्ने विश्वासका साथ घोडेजात्रा मनाउने परम्परा शुरु भएको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij