२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

805
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र ङादी ग्रुप पावरको बोनस सेयर सूचीकृत भएको हो ।

एचआइडीसीएलको १.५ प्रतिशत दरको कुल ३६ लाख ८३ हजार ९७२ कित्ता बोनस सेयर र ङादी ग्रुप पावरको ४.७५ प्रतिशत दरको कुल १७ लाख ५८ हजार ७१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त सूचीकृत बोनस सेयर दोस्रो बजारमा भोलिदेखि नै कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij