२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड हुँदै

आज शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड हुँदै

1.1K
Shares

काठमाडौं – शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान ८:३० बजे शेयर बाँडफाँडको तयारी गरेको हो।

कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यस कम्पनीले बाग्लुंगमा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ फागुन २५ देखि विद्युत उत्पादन गरिरहेको छ। साथै सोहि खोलामा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij