२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत

745
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज सोमबार ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको हो। आज नेप्सेमा यूनाइटेड इदि मर्दि आरबी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड र शाइन रेसुङगा डेभलपमेन्ट बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा यूनाइटेड इदि मर्दि आरबी हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत २ लाख ३० हजार ४१२ कित्ता, शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनश वापत १४ लाख ६२ हजार ७१० दशमलव ५० कित्ता र एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० प्रतिशत बोनश वापत ५१ लाख ३७ हजार ४८९ दशमलव १४ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीहरुको सूचिकृत भएको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij