काठमाडौं- श्री एयरलायन्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गरेको हो।
कम्पनीले प्रिमियम सहित प्रति कित्ता २०० रुपैयाँमा ६३ लाख शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। सोहि मूल्यमा आईपीओ अनुमति पाए कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ संकलन गर्ने छ।
शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij