२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

1.1K
Shares

काठमाडौं– नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला चार हजार ८०० रुपैयाँ र चाँदी तोलामा २२५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २२५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij