२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चैत महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

चैत महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

1K
Shares

काठमाडौं– वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।

फागुन महिनामा ४.५६ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, चैतमा ४.४९ प्रतिशतविन्दुमा झरेको छ। यस्तो निक्षेपमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.०७ प्रतिशतविन्दु घटेको हो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ६ बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको हो। १४ वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन्।

 

फागुन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

नेपाल बैंक लिमिटेड

बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशत र संस्थागततर्फ अधिकतम ४.१५ प्रतिशत ब्याजदर दिने भएको छ । जुन फागुन महिनामा क्रमशः ५.६० प्रतिशत ४.१५ प्रतिशत कायम थियो ।

प्रभु बैंक लिमिटेड

प्रभु बैंकले पनि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंक लिमिटेड

बैंकले पनि चैत महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेड

सिटिजन्स इन्टरनेशनल बैंकले चैत महिनाका व्यक्तिगत मुद्दती निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले फागुनमहिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंक लिमिटेड

सानिमा बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेड

प्राइम कमर्सियल बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंक लिमिटेड

नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जसन अघिल्लो महिनाकै निरन्तरता हो ।

ग्लोबल आइएमई बैंक लिमिटेड

बैंकले चैत महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.५० प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ बैंक लिमिटेड

सिद्धार्थ बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनएमबी बैंक लिमिटेड

बैंकले पनि चैत महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

हिमालयन बैंक लिमिटेड

हिमालयन बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५०० प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिएको थियो ।

कुमारी बैंक लिमिटेड

कुमारी बैंकले व्यक्तिगततर्फ अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फको बढाएको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.८१ र संस्थागततर्फ ५.०१० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।

कृषि विकास बैंक लिमिटेड

बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन अघिल्लो महिनाकै निरन्तरता हो ।

माछापुच्छ्रे बैंक लिमिटेड

बैंकले चैत महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एनआईशी एशिया बैंक लिमिटेड

एनआईसी एशिया बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij