२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत

1.5K
Shares

काठमाडौं -नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड २३ लाख बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा ६ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३९० कित्ता शेयर थियो। यो सबै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, सिक्लेस हाइड्रोपावर लिमिटेड  र सर्वोत्तम सिमेन्ट लिमिटेडको बोनस शेयर हो।

कुन कम्पनीको कति बोनस शेयर सूचीकृत ? 

१. सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशतले हुन आउने २५ लाख १५ हजार ६ सय १६ कित्ता बोनस शेयर ।

२. स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशतले हुन आउने ११ लाख १७ हजार ९१ दशमलव २७४३ कित्ता बोनस शेयर ।

३. स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.६३६५ प्रतिशतले हुन आउने ९ लाख ३३ हजार ७ सय ५० कित्ता बोनस शेयर ।

४. छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १२.५ प्रतिशतले हुन आउने ४० लाख १९  हजार १ सय ८२ दशमलव ३३५ कित्ता बोनस शेयर ।

५. सिक्लेस हाइड्रोपावर लिमिटेडको १५ प्रतिशतले हुन आउने १३ लाख ७५ हजार कित्ता बोनस शेयर ।

६. सर्वोत्तम सिमेन्टको ५ प्रतिशतले हुन आउने २४ लाख ८७ हजार ७ सय ५० कित्ता बोनस शेयर ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij