२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चैत्र ९ गतेदेखि सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने

चैत्र ९ गतेदेखि सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने

1.3K
Shares

काठमाडौं- सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत्र ९ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ११ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

त्यसपछि कम्पनीले आम सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गर्ने छ । नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij