काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले अद्यवधिक गरेको विवरणअनुसार बुधबार बिहान पौने ७ बजेसम्म १ करोड ७ लाख ३० हजार ५५१ मत गणना सकिएको छ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ। यो भनेको ४७.५९ प्रतिशत हुन आउँछ।
त्यस्तै नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ। उसले पाएको मत गणना भएको कुल मतको १६.२८ प्रतिशत हो।
नेकपा एमालेले १४ लाख ४८ हजार ३१८ मत पाएको छ। उसले पाएको मत १३.४९ प्रतिशत हाराहारी हो। त्यस्तै नपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ३ हजार ६२७ मत पाएको छ। उसले ७.४८ प्रतिशत मत ल्याएको छ।
श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ (३.५२ प्रतिशत) र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४५७ (३.०७ प्रतिशत) मत ल्याएको छ। जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ३०६ मत पाएको छ। यो १ प्रतिशत हाराहारी हो।
हालसम्मको गणनाका आधारमा मत विभाजक सूत्रबाट हिसाब गर्दा रास्वपाले समानुपातिकबाट ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४–४ सिट प्राप्त गर्नेछन्।
मतगणना जारी छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij