२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ३२.०८ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार

नेप्सेमा ३२.०८ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार

890
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.०८ अकंले घटेर २८४३.३५ बिन्दुमा कायम भएको छ । आज कारोबार रकम भने निकै उच्च हुन पुगेको छ । लगानीकर्ता शेयर खरिद गर्दै भित्रिनेको संख्या बढ्दै गएको देखिएको हो । आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १० उपसूचक राताम्य बनेका छन् । आज फाइनान्स समूहको २.०६ प्रतिशत, विकास बैंक समूहको १.१६ प्रतिशत, वाणिज्य बैंक समूहको १.२७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मंगलबार ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । ५ कम्पनीको भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij