२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक

प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक

1.2K
Shares

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । गोरखा–१ मा रास्वपाका सुधन गुरुङले अग्रता लिइरहेका छन् ।

नेपाली कांग्रेस १७ निर्वाचन क्षेत्रमा विजयी भएको छ । एक स्थानमा अगाडि रहेको छ । इलाम–१ मा कांग्रेस अगाडि रहेको छ । नेकपा (एमाले)ले आठ स्थान विजयी भएको छ । एक स्थानमा अगाडि रहेको छ । संखुवासभामा एमाले अगाडि छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उमेदवार समान एक/एक स्थानमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij