काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ २४ लाख ७२ हजार ९६१ मत पुर्याएको छ । यो ५० लाख १८ हजार ६१२ मत गणना हुँदासम्मको परिणाम हो ।
नेपाली कांग्रेसले ८ लाख ३६ हजार १७७ मत प्राप्त गरेको छ । नेकपा एमालेको ७ लाख १५ हजार २१७ मत छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ३ लाख ४० हजार ४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८० हजार ५९१ भोट ल्याएको छ ।
श्रम संस्कृति पार्टीले १ लाख २३ हजार २४१, जनता समाजवादी पार्टी नेपालले ६१ हजार ३३१, राष्ट्रिय परिवर्तन पार्टीले ५४ हजार २२५, जनमत पार्टीले २७ हजार ६५७ र नेपाल मजदुर किसान पार्टीले २६ हजार ९८१ मत प्राप्त गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij