२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उदयपुर-१ मा रास्वपाका पारशमणि गेलाल विजयी

उदयपुर-१ मा रास्वपाका पारशमणि गेलाल विजयी

785
Shares

उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारशमणि गेलाल विजयी भएका छन् । ३० हजार ५९० मत ल्याएर उनी विजयी भएका हुन् ।

श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । राईले ११ हजार ६ सय ६ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलदेव चौधरीले १० हजार २१, नेपाली कांग्रेसका विदुरबाबु बस्नेतले ९ हजार ६७५ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६ मत प्राप्त गरेका छन् ।

व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा जोडिएका गेलालले पहिलो प्रयासमै जित निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij