काठमाडौँ – रोल्पा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले ह्याट्रिक गरेका छन् । पुनले २७ हजार ४६० मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ को फराकिलो मतान्तरले पराजित गरेका छन् । वलीले १२ हजार ००८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार बलराम थापा १० हजार ८९४मतका साथ तेस्रो स्थान हासिल गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij