२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

1.1K
Shares

म्याग्दी -म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।पुन २२ हजार ८५० मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गेका छन् ।

बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij