काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। शनिबार बिहान ८ बजेसम्म २८ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ।
रास्वपाले जितेका यी २० क्षेत्र
१) चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।
२) बाँके-३ मा रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन्।
३) बाँके १ मा रास्वपाका सुरेश कुमार चौधरी विजयी भएका छन्।
४) काठमाडौं-४ मा रास्वपाका उम्मेदवार पुकार बम विजयी भएका छन्।
५) मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्य विजयी भएकी छन्।
६) रूपन्देही ४ मा रास्वपाका कन्हैया बनिया विजयी भएका छन्।
७) स्याङ्जा-१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन्।
८) महोत्तरी-१ मा रास्वपाका प्रमोदकुमार महतो विजयी भएका छन्।
९) काठमाडौं-९ मा रास्वपाका उपसभापति डिपी अर्याल विजयी भएका छन्।
१०) काठमाडौं-१ मा रास्वपा उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छन्।
११) काठमाडौं-३ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन्।
१२) काठमाडौं-६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
१३) काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन्।
१४) काठमाडौं-८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्।
१५) काठमाडौं-१० मा रास्वपा उम्मेदवार प्रदीप विष्ट विजयी भएका छन्।
१६) कास्की-३ मा रास्वपाकी बिना गुरूङ निर्वाचित भएकी छन्।
१७) मोरङ-४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित भएका छन्। उनले ४० हजार ८३३ मत प्राप्त गरेर विजयी भएका हुन्।
१८) काठमाडौं-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल विजयी भएका छन्।
१९) कास्की-२ मा रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन्।
२०) धनुषा-३ मा रास्वपाका प्रवक्ता मनिष झा विजयी भएका छन्।
कांग्रेसले जितेका यी ५ क्षेत्र
१) तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्।
२) रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्।
३) मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ विजयी भएका छन्।
४) मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।
५) दैलेख-१ मा नेपाली कांग्रेसकी बास्ना थापा विजयी भएकी छन्।
नेकपाले जितेका यी २ क्षेत्र
१) रूकुममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्।
२) कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्।
एमालेको पहिलो जित
बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij