काठमाडौँ – संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ।
नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो।
निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई बदली गर्नका लागि गरुड दल गण (शान्ति सेना) को १२ औँ डफ्फा त्यसतर्फ गएको हो। उक्त गणका १६५ जना सैनिकहरू आज दक्षिण सुडान प्रस्थान गरेका हुन्।
यसैगरी, उक्त मिसनमा आफ्नो तोकिएको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका चण्डीप्रसाद गणका १६५ जना नेपाली शान्ति सैनिकहरूको टोली आजै स्वदेश फिर्ता भएको पनि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ७८ जना शान्ति सैनिकहरू कार्यरत छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij