२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा तीन कम्पनिको बोनस शेयर सूचीकृत

नेप्सेमा तीन कम्पनिको बोनस शेयर सूचीकृत

1.4K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा फागुन १७ गते सोल्टी होटल लिमिटेड, अपी पवार कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ।

नेप्सेमा सोल्टी होटलको १५ प्रतिशत बोनस शेयर बापत १ करोड ५३ लाख २८ हजार ९८५ कित्ता शेयर, अपी पावरको ५ प्रतिशत बोनस शेयर बापत ३० लाख ३७ हजार ९६३.९१ कित्ता र भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनस शेयर बापत ८ लाख ३२ हजार ९२६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको साधारणसभाले पारित गरेको बोनस शेयर नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भएलगत्तै कम्पनीले आफ्ना शेयरधनीहरूको डिम्याट खातामा बोनस शेयर पठाउने गर्छ। डिम्याट खातामा बोनस शेयर प्राप्त भएपछि शेयरधनीले कारोबार गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij