काठमाडौँ – सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
अब कम्पनीले ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस संगै सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी हुने छ ।
शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij