२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

टेलिकमको ग्रुप एसएमएस सेवा, एकैपटक १० हजारलाई मेसेज पठाउन सकिने

टेलिकमको ग्रुप एसएमएस सेवा, एकैपटक १० हजारलाई मेसेज पठाउन सकिने

1.2K
Shares

नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकहरुले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सुविधा उपलब्ध छ । यो सेवा प्रयोग गरेर एकै पटक २ हजार, ५ हजार र १० हजार वटा सम्म सामूहिक सन्देश पठाउन सकिन्छ ।
एउटै सन्देश धेरै जनालाई पठाउनु पर्ने अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरुले पहिलेदेखि नै नेपाल टेलिकमको यो ग्रुप एसएमएस सेवा उपयोग गरिरहेका छन् । यसरी एकै पटक धेरै जनालाई पठाउन सकिने ग्रुप एसएमएस सेवा हालको सन्दर्भमा समेत निकै नै उपयोगी हुन सक्छ ।

यस अन्तर्गत रु. १ हजार २४३ मा २ हजार एसएमएस, रु. ३ हजार १०८ मा ५ हजार एसएमएस र रु. ६ हजार २१५ मा १० हजार एसएमएस पठाउन सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति वा संस्था स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि मोबाइल, डेस्कटप वा ल्यापटपबाट groupsms.ntc.net.np लगइन गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आवश्यक नम्बरहरु एक्सेल शिटमार्फत अपलोड गर्नुपर्छ । त्यसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij