२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्णाली डेभलपमेन्ट बैंकका सञ्चालकसँग राष्ट्र बैंकद्वारा फेरी स्पष्टीकरण माग

कर्णाली डेभलपमेन्ट बैंकका सञ्चालकसँग राष्ट्र बैंकद्वारा फेरी स्पष्टीकरण माग

1.6K
Shares

काठमाडौं- समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सञ्चालकहरूसँग नेपाल राष्ट्र बैंकले पुनः स्पष्टीकरण माग गरेको छ। यसअघि पठाइएको पत्रको जवाफ प्राप्त नभएपछि केन्द्रीय बैंकले दोस्रो पटक स्पष्टीकरण सोधेको हो।

राष्ट्र बैंकले बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा. ओमप्रकाश मिश्रसहित सदस्यहरू युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंकबहादुर बस्नेत र निसार अहमद दर्जीलाई लक्षित गर्दै स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। उनीहरूलाई सञ्चालक पदबाट हटाउनु नपर्ने ठोस आधार भए १० दिनभित्र लिखित जवाफ बुझाउन भनिएको छ।

यसअघि राष्ट्र बैंकले गत असोज २८ गते १५ दिनको समयसीमा दिँदै स्पष्टीकरण माग गरेको थियो। तर सम्बन्धित व्यक्तिहरूबाट कुनै प्रतिक्रिया नआएपछि पुनः प्रक्रिया अघि बढाइएको जनाइएको छ।

कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले २०८१ साल पुस १० गतेदेखि समस्याग्रस्त घोषणा गरेको थियो।

नयाँ सूचनाअनुसार सम्बन्धित पदाधिकारीहरूले आफ्नो स्पष्टीकरण नेपाल राष्ट्र बैंकको नेपालगञ्ज कार्यालय, वित्तीय संस्था सुपरीवेक्षण विभाग वा व्यवस्थापन समूह, कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, नेपालगञ्ज, बाँकेमा बुझाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij