काठमाडौं– नेपाली बजारमा फागुन १७ गते, आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतीतोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि बढेको छ। आजको बजारमा चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ९८५ रुपैयाँले कारोबार भइरहेको छ ।शुक्रबार चाँदी तोलाको ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij