काठमाडौं – गीतकार तथा बैंकर बलदेव थापा को राष्ट्रिय भाव बोकेको नयाँ गीत “देश हो बगैंचा” को म्युजिक भिडियो सार्वजनिक भएको छ।
थापाको शब्द सृजनामा तयार भएको गीतमा बबिना भट्टराई, प्रेक्षा लम्साल, ममता गुरुङ, एजे अजु, निर्मल दियाली र केशव वादीको स्वर रहेको छ। गीतमा संगीत बबिना भट्टराईकै रहेको छ भने एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन्।
गीतकार थापाका मायाप्रेमदेखि देशप्रेमसम्मका दर्जनौं सृजनाहरू प्रकाशित भइसकेका छन्। जीवनदर्शन, समय र परिस्थितिलाई गीत–गजलमा रूपान्तरण गर्ने विशिष्ट क्षमता उनीसँग छ।
म्युजिक भिडियोमा बबिना भट्टराई, प्रेम खनाल, प्रेक्षा लम्साल, ममता गुरुङ, एजे अजु, निर्मल दियाली र केशव वादीको अभिनय देख्न सकिन्छ। निर्देशन तथा कोरियोग्राफी स्मृति तिमल्सीनाले गरेकी हुन्। छायांकन एजे अजु र सम्पादन अमृत चापागाईले गरेका छन्।
राष्ट्रिय एकता, प्रकृति, सद्भाव र विविधताभित्रको एकतालाई उजागर गर्ने उद्देश्यले तयार गरिएको यस गीतले दर्शक–श्रोतामाझ सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गीतकार थापाले लिएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij