काठमाण्डौं – लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । बैंकले तीन लाख १६ हजार ३०६ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले विद्यमान संस्थापक शेयरधनीहरुका लागि सो शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरुबाट शेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानूनबमोजिम उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij