२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकका ग्राहकलाई पेट मामा नेपालमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई पेट मामा नेपालमा छुट

510
Shares

काठमाडौँ – सिद्धार्थ बैंक र पेट मामा नेपालबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बालुवाटार, काठमाडौंस्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा घर पालुवा जनावरहरूको ग्रुमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij