२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिज इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न

रिज इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न

945
Shares

काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान बाँडफाड सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले ११ लाख ८० हजार २ सय ६० कित्ता शेयर हात पारेका छन् । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ । कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २ लाख कित्ता शेयर लगानी रहेको छ ।

प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलको वेबसाईट  https://www.prabhucapital.com/ipo-allotment, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र  सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij