२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिरहामा स्रोत नखुलेको १४ लाखसहित युवक पक्राउ

सिरहामा स्रोत नखुलेको १४ लाखसहित युवक पक्राउ

750
Shares

सिरहा- सिरहाको औरहीबाट प्रहरीले स्रोत नखुलेको रु १४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । औरही गाउँपालिका—५ स्थित औरही चोकमा गरिएको विशेष जाँचका क्रममा उक्त रकम बरामद भएको हो ।

पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका—३ शिवनगरका २१ वर्षीय सञ्जितकुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार यादवलाई आज नियन्त्रणमा लिइएको हो ।

बरियारपट्टीबाट औरहीतर्फ मोटरसाइकलमा आउँदै गरेका यादवलाई शङ्का लागेर प्रहरी टोलीले खानतलासी गरेको थियो । सो क्रममा उनको साथबाट एक हजार दरका एक हजार ४०० थान नोट (कूल रु १४ लाख) फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले सो रकमको स्रोत खुलाउन माग गर्दा यादवले कुनै पनि वैध प्रमाण पेस गर्न सकेका थिएनन् । पक्राउ परेका यादवलाई थप कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij