काठमाडौँ – ज्योति विकास बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको बैठकले फागुन २८ गते बिहान ११ बजेदेखि काठमाडौँको नक्सालस्थित लिसारा रिसेप्सनमा सभा गर्ने तय गरेको हो ।
यस वर्षको सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव नल्याइने बैंकले जनाएको छ। सभामा आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने कार्यसूची रहेको छ ।
साथै, बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पेश गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १४ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । त्यसअनुसार फागुन १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई नाम कायम भएका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन पाउनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij