२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल इक्विटी पार्टनर्सको सल्लाहकारमा उपेन्द्र पौड्याल नियुक्त

नबिल इक्विटी पार्टनर्सको सल्लाहकारमा उपेन्द्र पौड्याल नियुक्त

705
Shares

काठमाडौं – नबिल इक्विटी पार्टनर्सले उपेन्द्र पौड्याललाई सल्लाहकार समितिको सदस्यमा नियुक्त गरेको छ। यस नियुक्तिसँगै संस्थाको रणनीतिक नेतृत्व तथा दिगो र मूल्यमा आधारित बैंकिङप्रतिको प्रतिबद्धता अझ सुदृढ हुने विश्वास गरिएको छ।

करिब चार दशक लामो बैंकिङ अनुभव भएका पौड्याल नेपालका वित्तीय सेवा क्षेत्रमा स्थापित नेतृत्वकर्ता मानिन्छन्। वाणिज्य बैंकिङ, लगानी बैंकिङ तथा दिगो र मूल्यमा आधारित वित्त क्षेत्रमा उनले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

आफ्नो कार्यकालमा उनले नियामक निकाय, विभिन्न बैंक तथा विकास साझेदारहरूसँग सहकार्य गर्दै नेपालको बैंकिङ क्षेत्र सुदृढ बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

यसअघि उनी नबिल बैंक लिमिटेडका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतका रूपमा लामो समय कार्यरत रहेका थिए। एनएमबी बैंकमा १७ वर्ष नेतृत्व सम्हाल्दै उनले सुशासन, जोखिम व्यवस्थापन तथा दिगो बैंकिङ प्रवर्द्धनमा महत्त्वपूर्ण प्रगति गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij