काठमाडौं- होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आगामी सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले फागुन ४ गते सोमबार बिहान शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म आम सर्वसाधारणलाई ३३ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij