काठमाडौं- बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज माघ २९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने छ।
कम्पनीले सोलुखुम्बुको सोलु खोलामा १९.८ मेगावाट क्षमताको अप्पर सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० असारदेखि विद्युत उत्पादन गरिरहेको छ ।
कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij