काठमाडौं – भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। आईपीओमा कुल २५ लाख ७९ हजार ९२० जनाको आवेदन परेकोमा २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
अनलाइनमा सार्वजनिक भएपछि यी तीन माध्यमबाट सजिलै आईपीओको नतिजा हेर्न सकिनेछ।
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट:https://kumaricapital.com/share-details
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij