काठमाडौं – साताको दोस्रो कारोबार दिन सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०५ अकंले घटेर २६७२.३९ बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैैंक समूहको ०.७७ प्रतिशत, विकास बैंक समूहको १.३७ प्रतिशत, फाइनान्स समूहको २.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
सोमबार ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१२ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो । आज सर्वाधिक कारोबार रिडी पावरको भएको छ। उक्त कम्पनीको ७७ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यस्तै, एसवाई प्यानलको ५४ करोड ४ लाख, आँखुखोला जलविद्युतको ४८ करोड ४३ लाख, लिबर्टी इनर्जीको ३७ करोड १ लाख र ङादी ग्रुप पावरको ३३ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij