काठमाडौं – भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ माघ २८ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड मंगलबार बिहान ९ बजे बाँडफाँड गर्ने तयारी भइरहेको हो ।
कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा २६ लाख ६५ हजार १ सय ७४ जनाले ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३७।०९ प्रतिशत बढी हो ।
कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो । कम्पनीको आईपीओ ८३ हजारले मात्रै १०।१० कित्ताका दरले पाउनेछन् । जसमा साढे २४ लाखभन्दा बढीको हात रित्तो हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij