२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुद्धभुमी नेपाल हाईड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमति

बुद्धभुमी नेपाल हाईड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमति

1.4K
Shares

काठमाडौं – बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले माघ २१ गते कम्पनीलाई “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरू” प्रकाशनका लागि स्वीकृति दिएको हो।

यससँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ४० लाख कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्काशन गर्न पाउने भएको छ। अर्थात् हकप्रद निष्काशनका लागि कम्पनीले अब तय गर्ने बूक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले आफूसँग जति कित्ता शेयर छ त्यति नै परिणामको हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij