काठमाडौं – गरिमा क्यापिटल लिमिटेडले खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) संचालन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ २१ गते क्यापिटललाई योजना संचालनको अनुमति पाएको हो । क्यापिटलले योजना संचालनको अनुमति माग गर्दै कार्तिक २८ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ।
क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि गरिमा सुवर्ण योजना नामको खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्ने अनुमति पाएको हो। यस योजनाको आकार १ अर्ब रहेको छ। फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ। गरिमा क्यापिटलले पनि ओपन म्युचुअल फण्ड संचालन गर्ने, बोर्डमा दियो आवेदन
हाल क्यापिटलले गरिमा समृद्धि योजना नामको बन्दमुखी फण्ड संचालन गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij