२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ६ अर्ब २५ करोड बराबरको बोनस सेयर सूचिकृत

नेप्सेमा ६ अर्ब २५ करोड बराबरको बोनस सेयर सूचिकृत

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ पुस मसान्तमा सूचीकृत ९ अर्ब २२ करोड सेयरको चुक्ता मूल्य रु.९०८ अर्ब ५० करोड रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को छ महिनामा रु.२१ अर्ब ९६ करोड बराबरको साधारण सेयर, रु.९ अर्ब ६४ करोड बराबरको हकप्रद सेयर, रु.६ अर्ब २५ करोड बराबरको म्युचुअल फन्ड, रु.६ अर्ब २५ करोड बराबरको बोनस सेयर, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर र रु.९२ करोड ५० लाख बराबरको एफपीओ लगायत गरी कुल रु.४८ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ८३ करोड बराबरको म्युचुअल फण्ड, रु.५ अर्ब ५५ करोड बराबरको साधारण सेयर र रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर गरी कुल रु.२१ अर्ब १५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij