२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

1.2K
Shares
गृह मन्त्री ओमप्रकाश अर्यालले राष्ट्रियसभाको सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तुत गर्नुभएको ‘क’ मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, ‘ख’ प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र ‘ग’ नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गर्नुहुँदै सभामा सहभागी सदस्यहरु । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशलगायत तीन अध्यादेश, २०८२ सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली अध्यादेशसहित प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृतका लागि प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।

सभाको अर्काे बैठक यही माघ २३ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij