काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्नो रिभर्स लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। बोर्डले आज, २०८२ माघ १८ गते आइतबार कम्पनीलाई सार्वजनिक शेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न अनुमति दिएको हो।
बोर्डले दिएको स्वीकृति अनुसार स्नो रिभर्स लिमिटेडले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नेछ। यसका लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ। लामो समयदेखि नयाँ आईपीओको पर्खाइमा रहेका लगानीकर्ताहरूका लागि यो एउटा उत्साहजनक खबर हुन सक्छ।
यस आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij