काठमाडौँ – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १८औं वार्षिक साधारणसभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा भव्य रूपमा सम्पन्न गरेको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए। सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत,उप–प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ। साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा भएका खर्चहरूलाई अनुमोदन गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij