२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकको वार्षिक साधारण सभा सम्पन्न

हिमालयन बैंकको वार्षिक साधारण सभा सम्पन्न

1K
Shares
काठमाडौं – हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा   पौष ३० गते  सम्पन्न भएको छ ।
बैंक संचालक समितिका अध्यक्ष   प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । सभामा  संचालक समितिको तर्फबाट अध्यक्ष   श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बैंकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक सिए रन्जिव एण्ड एशोसिएट्स लाई पुनः नियुक्त गरेको छ । यसैगरी नियामक  निकायको निर्देशन बमोजिम बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij