२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

855
Shares

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा २०८२ पुस २९ गते, मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१ /८२ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२ /८३ को लागि लेखापरीक्षक नियुक्ति लगायतका विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढकालले बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो व्यवसाय विस्तार गरिरहेको बताए । बैंकले सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको पनि बताए । उनले बैंकिङ्ग क्षेत्रमा विद्यमान प्रतिष्पर्धाको सामना गर्न बैंकले आफ्नो प्रतिष्पर्धी क्षमता अभिवृद्धि गर्दै समय सान्दर्भिक कार्य पद्धतिको विकास गर्ने उद्देश्यले बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरुमा समय सापेक्ष परिमार्जन गर्दै आएको उल्लेख गरे ।

साधारण सभामा बैंकका शेयरधनीहरु कमश: नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष ढकालले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथि शेयरधनीहरुले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारणा राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासा बारे बैंक सञ्चालक समितिका अध्यक्ष ढकालले जवाफ दिए ।

उक्त साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरु थान प्रसाद पंज्ञानी, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, हरि कुमार सिलवाल, बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल, रामकुमार थापाको उपस्थिति रहेको थियो । साधारण सभामा बाह्य लेखापरीक्षकहरु, बैंकका कानूनी सल्लाहकारहरु, कर्मचारी युनियनका प्रतिनिधिहरु, विभागीय प्रमुखहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । उक्त साधारणसभालाई कम्पनी सचीव प्रमोद अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij