२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

1.2K
Shares

काठमाडौं– नेपाली बजारमा पुस २८ गते, सोमबार सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला ४ हजार १०० रुपैयाँ र चाँदीको मूल्यले तोलामा २०५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ आईतबा सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २०५ रुपैयाँले बढेको छ ।आजको बजारमा चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार भने चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा खरिद–बिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij