२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनकपुरधाम उपमहानगरपालिकाको रु दुई अर्ब ४६ करोड ८९ लाखको संशोधित बजेट

जनकपुरधाम उपमहानगरपालिकाको रु दुई अर्ब ४६ करोड ८९ लाखको संशोधित बजेट

1.4K
Shares

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ वार्षिक संशोधित बजेट विनियोजन गरेको छ ।

आज यहाँ आयोजित चौधौँ नगरसभा (हिउँदे) बैठकले वार्षिक संशोधित बजेट विनियोजन गरेको हो ।

उपप्रमुख किशोरी साहले बजेट प्रतिवेदन प्रस्तुत गर्दै सङ्घीय सरकार तथा प्रदेश सरकार तर्फको समानीकरण, ससर्त, समपूरक, विशेष, राजस्व बाँडफाँट, आन्तरिक राजस्व तथा गत आर्थिक वर्षको समेत गरी उक्त बजेट पेस गरिएको बताउनुभयो ।

उपमहानगरपालिकाले चालु आवको हालसम्म रु ९९ करोड ४१ लाख २५ हजार ४५७ आम्दानी गरेको छभने रु ४१ करोड सात हजार ८०८ कुल खर्च गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यसअघि चालु आवका लागि १३औँ नगरसभाबाट स्वीकृत भएका अनुमानित आय तथा व्ययका विवरण कार्यान्वयनमा रहेका छन् ।

आजको नगरसभा बैठकले नगरपालिकाअन्तर्गत दरबन्दीमा कार्यरत सम्पूर्ण करार सेवाका कर्मचारीलाई यही माघ १ गतेदेखि लागू हुनेगरी स्थायी कर्मचारीसरह मासिक रु पाँच हजार महँगी भत्ता दिने तथा जग्गा वर्गीकरणका लागि रकम विनियोजन गरेको छ ।

उपमहानगर प्रमुख मनोज साहको अध्यक्षतामा भएको बैठकमा स्थानीय जनप्रतिनिधि तथा उपमहानगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij