२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिद्धार्थ बैंकको सीइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

सिद्धार्थ बैंकको सीइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

1.5K
Shares

काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले पुस २५ गतेदेखि लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको हो ।

बैंकिङ्ग क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा काम गरेका थिए । उनी सन् २००५ देखि सिद्धार्थ बैंक लिमिटेडमा आबद्ध भई प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत रूपमा नेतृत्वदायी भूमिकामा थिए।

उनले विगत ३६ वर्षको बैंकिङ्ग कार्यकालमा विभिन्न भूमिकामा रहि समग्र बैंक संचालनसम्बन्धी व्यापक अनुभव प्राप्त गरेको बैंकले जनाएको छ । यस क्रममा मूलतः बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको विशेष योगदान रहेको बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij