२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब ५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

अब ५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

1.5K
Shares

काठमाडौं- अब ५ लाखभन्दा बढीको चेक साट्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले यसभन्दा अघिको १० लाखसम्मको नगद घटाएर ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको हाे।

बैंकले ५ लाखभन्दा बढीको चेक जारी गर्दा अब अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था गरिएको छ, जसको अर्थ उक्त रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा मात्र जम्मा हुनेछ।

यसअघि नगद कारोबारको सीमा १० लाख रुपैयाँसम्म रहेकोमा सरकारले सम्पत्ति शुद्धीकरण निवारणका लागि यसलाई घटाएर ५ लाखमा झार्ने निर्णय गरेको थियो। सोही निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि नयाँ सर्कुलर जारी गरेको हो। यो नियम निजी व्यापारिक कारोबार मात्र नभई फर्म, कम्पनी र सरकारी कार्यालयका नाममा खिचिएका चेकहरूको हकमा समेत समान रूपमा लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij