२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिडी पावरको २४औं साधारण सभा सम्पन्न

रिडी पावरको २४औं साधारण सभा सम्पन्न

1.1K
Shares

काठमाडौं – रिडी पावर कम्पनी लिमिटेडको २४ औं बार्षिक साधारणसभा आज होटल क्रिष्टल पशुपति, गौशाला काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१।८२ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ ।

कम्पनीले शेयरधनीहरुलाई भने कुनै लाभांश दिएको छैन । सोहि कारण शेयरधनीहरुको हात भने रित्तो भएको छ ।

त्यसै सभाले लेखा परीक्षण प्रतिवेदन सहितको आषाढ ३२, २०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२।८३ का लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्नुको साथै निजको पारिश्रमिक समेत तोकिएको छ ।

सभाले विशेष प्रस्ताव अन्तरगतको कम्पनीको नियमकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक र संसोशन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी समेत दिएको छ । त्यसै गरी सभाले कम्पनीको गाडी, स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नु परेमा कम्पनीको संचालक समितिलाई अख्तिारी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij